काठमाडौँ– प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि पहिलो चरणको निर्वाचनमा ३२ जिल्लामा बिहान ७ बजेदेखि शान्तिपूर्ण र उत्साहजनकरुपमा मतदान भइरहेको छ।


ADVERTISEMENT


आयोगका अनुसार, दिउँसो १ः३० बजेसम्ममा औषतमा ४५ प्रतिशत मतदान भएको छ। सबैभन्दा बढी मुस्ताङमा ७० प्रतिशत मतदान भइसकेको छ। मनाङमा ५५ प्रतिशत मतदान सकिएको छ।


ADVERTISEMENT

# # #


प्रतिनिधिसभा सदस्यका लागि ३७ निर्वाचन क्षेत्र र प्रदेशसभा सदस्यका लागि ७४ निर्वाचन क्षेत्रमा ४ हजार ४६५ मतदान केन्द्रहरुमा बेलुका ५ बजेसम्म मतदान कार्य जारी रहनेछ ।