काठमाडौँ – ग्लोबल आइएमई बैंक लिमिटेडले पाल्पा जिल्लाको रम्भा गाउँपालिका हुँगीमा नयाँ एक्सटेन्सन काउन्टर सुरु गरेको छ । नयाँ एक्सटेन्सन काउन्टर सुरु भएसँगै बैंकका एक्सटेन्सन काउन्टरहरुको संख्या ५१ पुगेको छ ।


ADVERTISEMENT


सेवाग्राहीको बढ्दो चाप र बिस्तारित बैंकिङ्ग सेवाको आवश्कतालाई मध्यनजर गर्दै बैंकले उक्त स्थानमा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको हो । एक्सटेन्सन काउन्टर सञ्चालन आएसँगै स्थानीय बासिन्दाले सहजरुपमा सम्पूर्ण बैंकिङ्ग सेवा लिन सक्नेछन् ।


ADVERTISEMENT

# # #


बैंकले मुलुकभर २८८ शाखा, २७५ शाखारहित बैंकिङ्ग सेवा, २५७ एटीएम तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत २८ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।