काठमाडौँ – नेपाल ईन्भेष्टमेण्ट बैंक लिमिटेडको पुर्ण स्वामित्वमा रहेको एनआईबिएल एस क्याप्टिल लिमिटेडले नयाँ वर्ष २०७९ को अवसरमा लगानीकर्ताहरुका लागि विभिन्न आकर्षक योजनाहरु (अफर) ल्याएको छ ।


ADVERTISEMENT


क्यापिटलले प्रदान गर्दै आइरहेको सेवाहरुमा विशेष छुटका साथै नयाँ अफर ल्याएको हो । जस अनुसार लगानीकर्ताले मात्र २ हजार रुपैयाँमा जीवनभरलाई डिम्याट र मेरोशेयर नवीकरण गर्न पाउने भएका छन् । यो अफर नयाँ र पूराना हितग्राही खाता दुबैलाई लागु हुने क्यापिटलले जनाएको छ ।


ADVERTISEMENT

# # #


यस्तै लगानी व्यवस्थापन सेवामा आवद्घ भई पहिलो वर्षमा ७०% वार्षिक शुल्क छुट सम्म पाइने छ भने व्यवस्थित लगानी योजना तथा इकाई खरिद गरी ९ जना भाग्यशाली विजेताले २ हजार ७९ बरावरको एनआईबिएल सहभागिता फण्डको इकाई जित्ने मौका समेत पाउने छन् ।

यो योजना २०७९ साल बैशाख १ गतेदेखि २०७९ साल असार १७ गते (७९ दिन) सम्मको लागि लागू हुने यस क्याप्टिलले बताएको छ । थप जानकारीको लागि, एनआईबिएल एस क्यापिटल लिमिटेडको वेवसाईट www.niblcapital.com तथा मुख्य कार्यलय (फोन नम्बर (०१४४२५२८०) मा सम्पर्क गर्न सकिने छ ।