काठमाडौँ – नबिल बैंकले महिला तथा युवा क्यूआर मर्चेन्टलाई लक्षित गर्दै नयाँ वर्ष २०७९ को अवसरमा क्यूआर(त्तच्) कारोबारमा आधारित क्यासब्याक योजना सार्वजनिक गरेको छ । नबिल बैंक लिमिटेड र संयुक्त राष्ट्र पूँजी विकास कोषको सहकार्यमा आधारित “क्यूआर—कोडः महिला र युवाका लागि नबिल बैंक डिजिटल प्रवद्र्धन” परियोजना अन्तर्गत यो योजना सुरु गरिएको हो ।


ADVERTISEMENT


बैँकका अनुसार विशेष गरी कोभिड–१९ पछिको अवस्थामा डिजिटल वित्तीय समाधान मार्फत महिला र युवा उद्यमीहरूको प्रवर्द्धन गर्ने उदेश्यको साथ यो योजना सुरु गरिएको हो । जस अनुसार आफ्नो स्वामित्वमा व्यवसाय भएको वा प्रत्यक्ष रुपमा व्यवसाय संचालन गरिरहेका १८ देखि २४ वर्षको उमेरका युवा उद्यमीहरु यस योजनाबाट लाभान्वित हुने बैँकले जनाएको छ ।


ADVERTISEMENT

# # #


सुरुमा एक हप्ताको लागि संचालन गरिने यस योजनामा महिला तथा युवा क्यूआर मर्चेण्टले गर्ने क्यूआर (त्तच्) एवं महिला तथा युवा क्यूआर मर्चेन्टले गर्ने क्यूआर कारोबारमा ५% वा अधिकतम प्रति कारोबार रु.२०० र प्रति दिन प्रति मर्चेन्ट अधिकतम रु.५०० सम्म क्यासब्याक प्रदान गरिनेछ । यो योजना २०७९ बैशाख १ गतेदेखि लागु हुने बैँकले बताएको छ ।

यस योजना मार्फत नबिल बैंकले ठूलो मात्रामा नयाँ महिला र युवा क्यूआर मर्चेन्टलाई बैकिङ्ग च्यानलमा भित्र्याउने, उनिहरुलाई डिजिटल वित्तीय समाधानहरू प्रदान गरी दिगो वित्तीय रूपान्तरणलाई बढावा दिने लक्ष्य लिएको छ ।

सन् १९८४ मा स्थापित नबिल बैंकले हाल १४६ शाखा, १८० एटिएम र १,५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरु मार्फत आफ्ना ग्राहकहरुलाई समायनुकुल सेवा प्रदान गर्दै आएको छ ।