काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले केन्द्रबाट स्थानीय तहको निर्वाचनको तालमेलमा केन्द्रले हस्तक्षेप गर्न नहुने बताएका छन् ।


ADVERTISEMENT


कांग्रेस काठमाडौं वडा नंवर ८ ले शनिबार गरेको शुभकामना आदान प्रदान कार्यक्रममा थापाले चुनावी तालमेल नेपालको राजनीतिक संस्कृतिका लागि हितकर नभएको भन्दै स्थानीय तहको आवश्यकता र औचित्यका आधारमा मात्र तालमेल हुनुपर्ने बताएका हुन् ।


ADVERTISEMENT

# # #


‘हामी जुन खालको तालमेलको राजनीतिको संस्कारतर्फ जाँदैछौँ, यसले लोकतन्त्रको स्वास्थ्यलाई राम्रो गर्दैन ।’ उनले भने, ‘यसले हाम्रो पार्टीलाई मात्रै होइन, कसैलाई राम्रो गर्दैन ।’

उनले स्थानीय तहको निर्वाचनमा सहमति भएजति ठाउँमा तालमेल हुने र सहमति नभएका ठाउँमा आ–आफ्ना उम्मेदवार उठाउनुपर्ने पनि बताए ।

थापाले एमाले अध्यक्ष केपी शर्मा ओली कुनकुन दललाई आफ्नो पार्टीमा जोड्न सकिन्छ भनेर यताउता चहारिरहेको आरोप लगाए । ‘आज नेपाली काँग्रेस पार्टीले जसरी विभिन्न राजनीतिक पार्टीसँग गठबन्धन वा तालमेलमा छ, नेपाल कम्युनिस्ट पार्टी एमाले जसलाई भेट्छ, त्योसँग आफूलाई जोडिरहेको छ ।’ उनले भने, ‘हिजो कमल थापालाई परिवारदललाई जाड्नुभयो, अरु कुन कुन दलहरु भेटिन्छ भन्दै पूर्वप्रधानमन्त्री ओली यताउता चहारेको हामी देख्छौँ ।’

गठबन्धनको बिरोधमा अभिव्यक्ति दिनेओलीले राप्रपा नेपालदेखि नेपाल परिवार दललाई पनि एमालेको जोडेको उनको भनाई छ ।

थापाले एउटा पार्टीको चुनाव चिन्हबाट चुनाव जितेर पाँच वर्ष जनप्रतिनिधि भएको व्यक्ति अहिले टिकट आशामा रातारात दल परिवर्तन गरिरहेको तर्क गरे ।