काठमाण्डौं-सूर्यविनायक नगरपालिका–३, बालकोट रोजभिलेज नजिकैको प्लानिङमा बम विस्फोट भएको छ ।


ADVERTISEMENT


मङ्गलबार साँझ करिब साढे ७ बजे प्लानिङमा बम विस्फोट भएको महानगरीय प्रहरी वृत्त ठिमी प्रमुख डीएसपी प्रज्वलमान मर्हजनले बताए । खुल्ला स्थानमा विस्फोट भएकाले कुनै मानवीय क्षति भने नभएको उनले बताए ।


ADVERTISEMENT

# # #


बम विस्फोट भएको स्थानमा खाल्डो परेको तर कुनै शंकास्पद वस्तु भने नभेटिएको प्रहरीले जनाएको छ । उक्त स्थानमा शिल गरी अनुसन्धान थालिएको डीएसपी महर्जनले बताए ।

पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली, भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ प्रतिनिधिसभा सदस्यमा कांग्रेसका उम्मेदवार दमननाथ ढुङ्गाना, क्षेत्र नम्बर २ प्रदेशसभा ‘ख’बाट प्रदेशसभा सदस्यमा एमाले–माओवादी केन्द्र वाम गठबन्धनका उम्मेदवार राजेन्द्र श्रेष्ठको बसोबास क्षेत्र नजिकै बम विस्फोट हुँदा स्थानीय बासिन्दा त्रसित बनेका छन् ।

मङ्गलबार दिउँसो वाम गठबन्धनको चुनावीसभालाई लक्षित गरेर ललितपुरको लगनखेलमा पनि बम विस्फोटन गराइएको थियो ।