इनरुवा,सुनसरी– नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा सुनसरी क्षेत्र नं २ बाट प्रतिनिधि सभामा नेपाली कांग्रेसका उम्मेद्वार एवम् अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आफूले सुनसरी क्षेत्र नं २ लाई विकास र समृद्धिको नमूना बनाउने बताएका छन् ।


ADVERTISEMENT


उनले चुनाबी अभियानको क्रममा इनरुवा ८ गणेशपुरमा सो कुरा बताएका हुन् ।


ADVERTISEMENT

# # #


अर्थमन्त्री कार्की सुनसरीका नगर र गाँउका बस्ती बस्तीमा पुग्दा अलग्गै रौनक आएको छ । अधिकांश मतदाताहरु उनको आश्वासनमा विश्वस्त भएका छन् ।

मन्त्री कार्कीले इनरुवा ८ निवासी ७५ बर्षीय छुथारु खत्वेलाई निशुल्क उपचारको लागि ब्यवस्था मिलाईदिएका छन् ।