काठमाडौं – सिभिल बैंकले ८० प्रतिशतले नाफा बढाएको छ । बैंकले प्रकाशित गरेको चैत मसान्तसम्मको वित्तीय विवरण अनुसार ९० करोड नाफा गरेको छ । अघिल्लो वर्ष बैंकको नाफा ५० करोड थियो ।


ADVERTISEMENT


ब्याज आम्दानी करिब १ अर्बले बढाएको तथा सञ्चालन खर्च सो अनुपातमा नबढेको कारण बैंकको नाफा ८० प्रतिशतले बढेको हो । बैंकले ९ महिनामा २ अर्ब ४५ करोड ब्याज आम्दानीबाट कमाएको छ । अघिल्लो वर्ष १ अर्ब ५४ करोड ब्याज आम्दानीबाट कमाएको थियो ।


ADVERTISEMENT

# # #


बैंकको नाफा बढेसँगै प्रति सेयर आम्दानी (इपिएस) बढेको छ । चैत मसान्तको वित्तीय विवरण अनुसार सिभिल बैंकको इपिएस १३ रुपैयाँ २८ पैसा छ । बैंकको अघिल्लो वर्षभन्दा लागत तथा बेसरेट बढेको छ ।