काठमाण्डौं – भारतीय चर्चित गायक इन्डियन आइडल २०२१ विजेता पवनदीप राजन यही वैशाख ११ गते लर्ड अफ ड्रिंक्स (एलओडी) मा आफ्नो विशेष सांगितिक प्रस्तुती दिँदै छन् । यही क्रममा इन्डियन आइडल विजेता पवनदीप राजनको सांगितिक प्रस्तुती हेर्न युवादेखि वृद्धसम्म आकर्षित छन् ।


ADVERTISEMENT


पवनदीपको सांगितिक प्रस्तुती हेर्न ९३ वर्षिय वृद्धले समेत टिकट खरिद गरेका छन् । ३६५ इभेन्टस् एण्ड मिडियाका प्रमुख कार्यकारी अधिकृत नारायण आचार्य ( ह्यापी) का अनुसार पवनदीपको सांगितिक प्रस्तुती हेर्न ९३ वर्षिय वृद्ध बाले घरमै बोलाई टिकट खरिद गरेको जनाएका छन् ।


ADVERTISEMENT

# # #


रोटरी क्लब अफ पाटन वेस्टले आयोजना गरेको र ३६५ इभेन्टस् एण्ड मिडियाले व्यवस्थापन गरेको पवनदीप राजनको सांस्कृतिक कार्यक्रममा दुई थरीका टिकट राखिएको छ । आयोजकका अनुसार २५ सय र ३ हजार दरको टिकट राखिएको र उक्त टिकटबाट उठेको रकम रोटरी क्लबले सामाजिक कार्यका लागि सहयोग गर्नेछ ।

टिकट विभिन्न माध्यमबाट उपलब्ध हुने समेत जानकारी आयोजकले दिएका छन् । अनलाईन टिकटका लागि भुक्तानी प्रदायक आइ एमई पे वालेट मार्फत अग्रिम टिकट खरिद गर्न सकिने आयोजकले जनाएको छ ।

पवनदीप राजन इन्डियन आइडल सन् २०२१ सिजन १२ का विजेता हुन् । उक्त सांगितिक कार्यक्रमलाई विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय ब्राण्ड÷कम्पनीले प्रायोजन गरेका छन् । कोरोनाको कारणले स्थगित पवनदीपको सांगितिक कार्यक्रम यसपटक भने भव्य रुपमा सफल हुने विश्वास गरिएको छ । चर्चित गायक पवनदीपले विभिन्न धार्मिक स्थलहरुको समेत अवलोकन गर्ने आयोजकले जानकारी दिए ।