नुवाकोट –  नेपाल कम्युनिष्ट पार्टी एमालेका नेता उद्धव खतिवडा चुनावी अभियानमा सक्रिय भएका छन् । पार्टीले विदुर नगरपालिका वडा न‌म्बर १० मा  अध्यक्षका लागि आधिकारिकता दिएसँगै नेता खतिवडाले चुनावी अभियानलाई अगाडि बढाएका हुन् ।


ADVERTISEMENT


विगत तीस वर्षदेखि नेकपा एमालेकाे राजनीति गर्दै आएका नेता खतिवडालाई यसपटक स्थानीय तहको निर्वाचनमा पार्टीले आधिकारिक उम्मेदवारको रुपमा छनोट गरेको हो ।


ADVERTISEMENT

# # #


पार्टीमा लगातार काम गर्दै आएको र स्थानीय स्तरमा पनि राम्रो छवि भएको कारण नेता नेता खतिवडा छनोटमा परेको स्थानीयहरु बताउँछन् ।

नेता खतिवडा यसअघि लामो समयदेखि खानेपानी, सडक स्तरोन्नति, प्राविधिक शिक्षामा जोड, वैज्ञानिक कृषि प्रणाली, स्वास्थ्य क्षेत्रमा सुधार, स्थानीय धार्मिक क्षेत्रहरुको स‌ंरक्षण, स्थानीय संस्थाहरुको स्तरोन्नति जस्ता एजेण्डामा  काम गर्दै आएका छन् । उनले आफूले चुनाव जितेको खण्डमा अन्य एजेण्डामासमेत जोड दिने बताए ।

वडाका हरेक क्रियाकलापमा सक्रिय एवम् निष्पक्ष ढंगले उपस्थिति जनाउँदै आएका नेता खतिवडा विदुर १० मा अध्यक्षका खरो प्रत्यासी हुन् ।लामो समयदेखि राजनीतिमा होमिएको र समाजका हरेक वर्ग समूदाय र भिन्न मत भएका व्यक्तिहरुलाई साथमा मिलाएर लैजान सक्षम भएकै कारण आफूलाई पार्टीले विश्वास गरेको नेता खतिवडाले दाबी गरे ।

वडाको भलाइका लागि यसपटक आफ्नो अमूल्य मत दिएर जिताइदिन पनि खतिवडाले मतदाता समक्ष अपील गरेका छन् । मतदाता र पार्टी केन्द्रमासमेत राम्रो पकड भएका कारण खतिवडाले अध्यक्षमा बाजी मार्ने स्थानीयहरु बताउँछन् ।

साथै उनले    निर्वाचन स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न हुनुपर्ने बताए । यसका लागि  सक्रिय भूमिका खेलिदिन पनि उनले सम्बन्धित सबैलाई आह्वान गरेका छन् ।