हेटौँडा– चिसो मौसमसँगै मकवानपुरमा यतिबेला चुनावी सरगर्मी बढेको छ। मंसिर २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनका उम्मेदवार तेस्रोपटक प्रतिस्पर्धामा ओर्लिएका छन्।


ADVERTISEMENT


विसं. २०५१ र २०५६ संसदीय निर्वाचनको प्रतिस्पर्धामा सँगै ओर्लिएका उम्मेदवार पुनः यसपटक चुनावी मैदानमा उत्रिएको हुन्। दुईवटा निर्वाचन क्षेत्र रहेको मकवानपुरको निर्वाचन क्षेत्र– १ मा लोकतान्त्रिक गठबन्धनका उम्मेदवार राप्रपा नेपालका अध्यक्ष कमल थापा र वाम गठबन्धनका उम्मेदवार कृष्ण दाहाल यसपटक पनि निर्वाचन प्रतिस्पर्धामा संगै छन्। दुवै निर्वाचनमा दाहालले थापालाई पराजित गर्दै मकवानपुरबाट सांसद बनेका एमाले मकवानपुरले जनाएको छ।


ADVERTISEMENT

# # #


दाहालले मकवानपुरको विकासमा गरेको महत्वपूर्ण योगदानका फलस्वरुप आफ्नो जित सुनिश्चित भएको दाबी गर्दै यसपटक जितेर गएपछि आफूले पक्की पुलदेखि द्रुतमार्गसम्मका योजना अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे।

नेता थापाले आफूले जितेर गएमा प्रधानमन्त्रीसम्म बन्ने हैसियत भएकाले आफूलाई मत दिन मतदातासँग अनुरोध गरे। लोकतन्त्रको रक्षा कम्युनिष्टबाट नहुने बताउँदै उनले लोकतन्त्र र हिन्दू धर्मरक्षाका लागि लोकतान्त्रिक गठबन्धनलाई मत दिन आग्रह गरे।

त्यसैगरी निर्वाचन क्षेत्र नम्बर– २ मा लोकतान्त्रिक गठबन्धनबाट महालक्ष्मी उपाध्याय ९डिना० र वाम गठबन्धनबाट विरोध खतिवडा उम्मेदवार बनेका छन्। यसअघिको संसदीय निर्वाचन २०५१ र २०५६ मा दुवै जना पनि एक अर्काको प्रतिस्पर्धीका रूपमा थिए।

दुईवटै निर्वाचनमा खतिवडा विजयी भएका थिए। उपाध्यायले दुई पटकसम्म खतिवडाले आफूलाई जितेको भए पनि यसपटक भने जित्नेपालो आफ्नो रहेको बताए।

नेपाली कांग्रेस मकवानपुरमा आएको पार्टी प्रवेशको लहरले आफू जित्ने दाबी उनको छ। उपाध्यायको प्रतिद्वन्द्वीका रूपमा रहेका खतिवडाले मकवानपुर जिल्ला कम्युनिष्टको लालकिल्ला रहेको र थाहा दर्शनका प्रतिपादक रुपचन्द्र विष्टको जन्मभूमी रहेकाले पनि यहाँ वाम गठबन्धनको हार नहुने बताए।

सन् २०६२र६३ को जनआन्दोलनपछिको २०७४ सालको संविधानसभा निर्वाचनमा चारवटै क्षेत्र माओवादीले जितेको थियो भने संविधानसभा दोस्रो निर्वाचनमा तीन क्षेत्र एमाले र एउटामा नेपाली कांग्रेस विजयी भएका थिए।