काठमाडौँ – ललितपुर महानगरपालिकाको मेयरका लागि पाँच दलीय गठबन्धनका तर्फबाट काँग्रेसका चिरिबाबु महर्जनले उम्मेदवारी दर्ता गरेका छन् । महर्जनले सोमबार दलबलसहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गरेका हुन् ।


ADVERTISEMENT


उनी ललितपुर महानगरका निवर्तमान मेयर समेत हुन् । निर्वाचनमा तालमेल गर्ने निर्णय गरेसँगै काँग्रेसले ललितपुर महानगरको मेयर पाएको थियो । तर, उम्मेदवार चयन गर्न भने किनै समय लागेको थियो ।


ADVERTISEMENT

# # #


लामो रस्साकस्सीका बीच सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले आजै चिरिबाबुलाई दोस्रो पटकका लागि मेयरको टिकट दिएका थिए ।