काठमाडौं – स्थानीय तह निर्वाचनमा ७५३ वटै पालिकामा १ लाख ३६ हजार २६९ उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।


ADVERTISEMENT


निर्वाचन आयोगले मंगलबार बिहान सार्वजनिक गरेको विवरण अनुसार आइतबार र सोमबार गरी यो संख्यामा उम्मेदवारी दर्ता भएको हो ।  पछिल्लो अपडेटअनुसार राजनीतिक दल र स्वतन्त्रबाट उम्मेदवारी दर्ता गर्नेको संख्या १ लाख ३६ हजार २६९ पुगेको हो ।


ADVERTISEMENT

# # #


स्थानीय तहमा ३० वैशाखमा ३५ हजार २ सय २१ जनप्रतिनिधिका लागि चुनाव हुँदैछ । २०७४ को स्थानीय तहको चुनावमा १ लाख ५१ हजार १ सय ९० जनाले उम्मेदवारी दिएका थिए ।

कुन पदमा कति उम्मेदवार

मेयरः ३ हजार २६१

अध्यक्षः ३ हजार २५४

उपमेयरः २ हजार ३

उपाध्यक्षः २ हजार २९२

वडाध्यक्षः ३२ हजार ५९

महिला सदस्यः २३ हजार ३ सय ७५

दलित महिला सदस्यः २१ हजार ११५

सदस्यः ४८ हजार ९१०

मंगलबार उम्मेदवारको विरोधमा उजुरी दिन आयोगले भनेको छ । र १४ र १५ वैशाखमा मनोनयनपत्र जाँच गर्ने तथा उजुरीउपर जाँचबुझ गरी निर्णय गरी उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यतालिका तय गरेको छ ।

१६ वैशाखमा उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा १७ वैशाखमा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने आयोगको कार्यतालिका छ ।