काठमाडौँ – पाँच दलीय सत्ता गठबन्धनको बैठकले स्थानीय तह निर्वाचनका लागि गरिएको तालमेल विपपरितका उम्मेदवारी फिर्ता लिने निर्णय गरेको छ ।


ADVERTISEMENT


प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको गठबन्धनको बैठकले तालमेल र उम्मेदवारी फिर्ताबारे ६ बुँदे निर्णय गरेको हो ।


ADVERTISEMENT

# # #


बैठकले गरेको निर्णय अनुसार ६ महानगर र ११ उपमहानगरमा गठबन्धनको निर्णय विपरित गठबन्धनभित्रको दलका तर्फबाट भएका उम्मेदवारी फिर्ता लिन आफ्ना दलका निकायलाई निर्देशन गर्ने निर्णय भएको छ ।

यस्तै गठबन्धनभित्रका दलका सदस्यले स्वतन्त्र हैसियतमा दर्ता गरेका उम्मेदवारी फिर्ता गराउन आवश्यक कार्य गर्ने मिेत निर्णय भएको छ ।