काठमाण्डौं-भारतीय पक्षले मीरगन्जस्थित पुल पूर्ण रुपमा मर्मत गरी आयात–निर्यातलाई सहज बनाउने पहल नगर्दा सुनसरी–मोरङ औद्योगिक कोरिडोरका उद्योगहरु प्रभावित भएका छन् र विराटनगर भन्सारको राजश्व संकलन पनि आधा घटेको छ ।


ADVERTISEMENT


सीमावर्ती भारतीय बजार जोगबनी बजारपश्चिममा रहेको मीरगञ्ज खोलाको पुलको गत साउन अन्तिम साताको बाढीले क्षतिग्रस्त भएको थियो । त्यसको पूर्ण रुपमा मर्मत नहुँदा पाँच महिनादेखि आयात–निर्यात प्रभावित भएको मोरङ व्यापार संघका अध्यक्ष पवनकुमार सारडाले बताए ।


ADVERTISEMENT

# # #


पुल क्षतिग्रस्त भएपछि भारतीय प्रशासनले मालबाहक ठूला साधन सञ्चालनमा रोक लगाएको थियो । पुलको सामान्य मर्मत गरी २० मेट्रिक टनसम्मका सधान चल्न दिए पनि त्यसभन्दा माथि भार क्षमता भएका साधन चल्न दिइएको छैन ।

आयात निर्यात असहज भएकै कारण दैनिक १० देखि १४ करोड सम्म राजश्व संकलन गर्दै आएको विराटनगर भन्सार कार्यालयमा अचेल मुस्किलले ६ देखि ७ करोड संकलन भइरहेको प्रमुख भन्सार अधिकृत मिमांस अधिकारीले बताए ।