काठमाण्डौं-इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा आर्सनलले हडल्र्सफिल्डमाथि चार मिनेट भित्रै तीन गोल गर्दै शानदार जित दर्ता गरेको छ ।


ADVERTISEMENT


घरेलु मैदानमा भएको खेलमा आर्सनलले हडल्र्सफिल्डलाई ५–० ले हराउँदै अंक तालिकाको चौथो स्थानमा उक्लिएको हो ।


ADVERTISEMENT

# # #


आर्सनलको जितमा ओलिभर जिरउडले दुई तथा एलेक्जेन्डर लेकाजेट, एलेक्स सान्चेज र मेसुट ओजिलले एक एक गोल गरे। पहिलो हाफमा १ गोल गरेको आर्सनलले दोस्रो हाफमा थप चार गोल गर्यो ।

खेलको तेस्रो मिनेटमा लाकाजेटले गरेको गोलबाट खेलमा अग्रता लिएको थियो । ६८ औं मिनेटमा जिरउडले व्यक्तिगत पहिलो गोल गर्दै आर्सनलको अग्रता दोब्बर पारे ।

त्यसको एक मिनेटपछि सान्चेज तथा ७२ औं मिनेटमा ओजिलले गोल गर्दै आर्सनललाई ४–० को अग्रता दिलाए । ६८ देखि ७२ औं गरी चार मिनेट भित्रमा तीन गोल भयो । ८७ औं मिनेटमा जिरउडले व्यक्तिगत दोस्रो गोल गरेपछि आर्सनलले ५–० को जित निश्चित गरेको हो ।