काठमाण्डौं-नेइमार र एडिनसन कभानीले गोल गरेपछि पेरिस सेन्ट जर्मेनले फ्रेन्च लिगमा आफ्नो अपराजित यात्रा कायम राखेको छ । घरेलु मैदानमा भएको खेलमा पिएसजीले ट्रोएसलाई २-० ले पराजित गर्दै अपराजित यात्रा कायमै राखेको हो।


ADVERTISEMENT


पहिलो हाफमा काभानीले पेनाल्टीमा गोल गर्ने मौका गुमाउँदा गोलरहित बराबरी खेले पिएसजीले नेमार र कभानीले दोस्रो हाफमा गोल गरे । गएरातिको जितसँगै लिग लिडर पिएसजीले शीर्ष स्थानमा १० अंकको अग्रता बनाएको छ । फ्रेन्च लिगमा यस सिजन अपराजित रहने एक मात्र टोली बनेको पिएसजीको १५ खेलबाट ४१ अंक भएको छ।


ADVERTISEMENT

# # #


समान खेलबाट ३१ अंक जोडेको साविक विजेता मोनाको चौथो स्थानमा झरेको छ । यता मेट्जसँग २-१ ले पराजित भएपछि लियोनले दोस्रो स्थानमा उक्लने मौका गुमायो । त्यसैको फाइदा उठाउँदै मार्से लिलेलाई ३-० ले पराजित गर्दै दोस्रो स्थानमा उक्लिएको छ।