काठमाडौं – युक्रेनसँगको युद्धका क्रममा १० लाखभन्दा धेरै मानिसको उद्धार गरेको रुसले दाबी गरेको छ । रुसका विदेशमन्त्री सर्गेई लाभ्रोभले गएको फेब्रुअरी २४ यता युक्रेनबाट १० लाख मानिसलाई उद्धार गरिएको दाबी गरेका हुन् ।


ADVERTISEMENT


रुसले युक्रेनी नागरिकलाई इच्छाविपरीत सीमापारि लगिरहेको युक्रेनको आरोप छ । चिनियाँ सरकारी सञ्चार माध्यमसँगको अन्तर्वार्तामा विदेशमन्त्री लाभ्रोभले उद्धार गरिएकामध्ये एक लाख २० हजार विदेशी नागरिक रहेको बताए छन् ।


ADVERTISEMENT

# # #


उनले युक्रेनसँगको द्वन्द्वको समाधान वार्ता मार्फत् खोज्ने प्रयासमा पश्चिमी सैन्य गठबन्धन नेटो बाधक रहेको आरोप पनि लगाएका छन् । तर युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले आफू रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ताका लागि अझै पनि तयार रहेको प्रतिक्रिया दिएका छन् । रासस