काठमाडौँ – नेकपा एमालेका तर्फबाट काठमाडौं महानगरपालिकाका मेयर उम्मेदवार केशव स्थापितले रश्मिला प्रजापति प्रकरणमा आफ्नो कुनै दोष नरहेको स्पष्ट पारेका छन् ।


ADVERTISEMENT


मंगलबार काठमाडौंमा मतदातासंगको अन्तरक्रिया कार्यक्रममा स्थापितले विभागीय प्रमुखदेखि सबै मन्त्रालयका प्रतिनिधिले तत्कालिन अवस्थामा रश्मिला प्रजापति हटाउने निर्णय गरेको भन्दै यसमा आफ्नो कुनै भूमिका नरहेको बताए । महिला हिंसा भएको आरोप पनि निराधार भएको भन्दै आफुमाथि आशंका नगर्न उहाले मतदातासंग आग्रह गरे ।


ADVERTISEMENT

# # #


स्थापितले अहिले चूनावका बेला आफुलाई बदनाम गराउन बिपक्षीहरुले महिला हिंसाको कुरालाई अघि सारेको तर्क गरे । त्यस्तै एक युवतीको अनुहारको बारेमा दिएको प्रतिक्रियामा स्थापीतले अमानवले बोलेको जस्तो गरि बोलेकाले आफुले थुतुनो ठिक छैन भनेको तर्क गरे ।

उनले प्रमुखमा बिजयी भए आफुले महानगरबासीको समस्या समाधान गर्ने प्रतिवद्धता व्यक्त गरे ।