चितवन – नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले भरतपुर महानगरपालिकामा गठबन्धनका साझा उम्मेदवारलाई जिताउन आग्रह गरेका छन् ।


ADVERTISEMENT


बिहीबार चितवनका भरतपुरमा आयोजित पाँच दलीय गठबन्धनको संयुक्त आमसभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले गठबन्धनको भावनाको आधारमा मतदान गर्न आग्रह गरे ।


ADVERTISEMENT

# # #


आम जनताले भरतपुरमा रेणु दाहाल विकासप्रेमी असल मेयर भएका बताइरहेको भन्दै उनले दाहालले गरेका कामको प्रशंसा गरे । उनले भने, ‘रेणु दाहालको भाषण सुनेर दंगदास भएको छु । यस्तो भाषण र यसरी कामको प्रतिवेदन जुन ढंगले प्रस्तुत भयो, त्यस्तो मैँले कल्पना गरेको थिइनँ । बधाई छ रेणु दाहाललाई ।’

भरतपुरको मेयरमा गठबन्धनको तर्फबाट रेणु दाहाललाई मेयर बनाउने निर्णय उचित भएको दाबी गर्दै उनले भरतपुरलाई नमूना नगरपालिकाका रुमा विकास गर्न सुझाव दिए ।  उनले भने, ‘मान्छेको योग्यताको जाँच हुनुपर्छ । योग्यताको जाँचमा रेणु दाहालले उत्कृष्ट काम गर्नुभएको छ र उहाँलाई मेयरमा चयन गरेर पाँच दलको गठबन्धनले सही निर्णय गरेको छ ।’

नेपालले थपे, ‘भोलि जनमानिसहरु भरतपुरमा आउने लालायित हुनेछन् । ती सबैलाई व्यवस्थापन गर्न आउने ५० वर्ष भरतपुर कस्तो हुनेछ, आउने २५ वर्षपछिको भरतपुर कस्तो हुनेछ, आउने ५ वर्षपछिको भरतपुर कस्तो हुनेछ, यसको रेखाङ्कन गरेर तपाईंहरु राख्नुहोस् ।’

भरतपुरमा रेणु दाहाललाई पुष्पकमल दाहालकी छोरीका रुपमा मात्रै नहेर्न आग्रह गरे । ‘अनि छोरी भएपछि अर्को पार्टीमा जाऊ भन्ने ?’ उनले प्रश्न गरे, ‘योग्य, सक्षम भएपछि उसलाई राजनीतिमै प्रेरित गर्नुपर्छ । त्यसकारण कोही बाबुको नामको आधारमा होइन, परिवारको नामको आधारमा होइन, योग्य भएर आउने हो ।’

साथै अध्यक्षले एमाले नेता केपी ओलीले गफमा विद्यावारिधी गरेको र बयलगाढा दर्शनका दार्शनिक भएको टिप्पणी गरे ।

अध्यक्ष नेपालले भने, ‘गणतन्त्र विरोधी व्यक्ति आज गणतन्त्र विरोधी शक्तिसँग साँटगाँठ गर्दैछन् । त्यसो हुनाले उनी बयलगाडा दर्शनका प्रवर्द्धक, बयलगाडा दार्शनिक हुन् । दोस्रो उनी महा गफाडी । यसअर्थमा गफमा उनलाई कसैले सक्दैन । गफमा उनले विद्यावारिधी प्राप्त गरेका छन् ।’ उनले ओलीको गफमा नझुक्किन समेत आग्रह गरे ।