काठमाडौं –  काठमाडौँ र बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहकहरुलाई विभिन्न स्थानहरुमा ४५ प्रतिशत सम्मको विशेष छुट उपल्वध गराएको छ ।


ADVERTISEMENT


बैँकले आफ्ना कार्ड तथा मोबाईल बैंकिङ्ग प्रयोगकर्ता महानुभावहरुलाई देशका विभिन्न स्थानहरुमा ४५ प्रतिशत सम्मको छुट उपलब्ध गराउन विभिन्न होटल, रेस्टुरेन्ट, बुटिक, जिमरफिटनेस सेन्टर, अस्पताल, फार्मेसी तथा डेन्टल क्लिनिकहरुसंग सम्झौता गरेको हो ।


ADVERTISEMENT

# # #


सम्झौता पश्चात् बैंकका कार्ड तथा मोबाईल बैंकिङ्ग प्रयोगकर्ता महानुभावहरुले होटल तथा रेस्टुरेन्ट अन्र्तगत पर्पल हेज रेस्ट्रो र बगैचा, एयरपोटचोक, विराटनगरमा १५ प्रतिशत, इथो रेस्टुरेन्ट र थकाली किचन, वित्र्तामोडमा १० प्रतिशत, नोबेल होटल एण्ड स्विमिङ कम्प्लेक्स प्रा।लि, इमाडोलमा १० प्रतिशत, मिटिङ पोइन्ट भोजनालय र बार, वित्र्तामोडमा ५ प्रतिशत, होटल अर्थ लाइट प्रालि, सौरहा, चितवनमा २० प्रतिशत, चिकन स्टेशन, इमाडोलमा १० प्रतिशत तथा सोल्मारी रेस्ट्रो एण्ड मिटिंग प्रालि, इमाडोलमा १५ प्रतिशतको छुट पाउन सकिनेछ ।

अस्पताल, फार्मेसी तथा डेन्टल क्लिनिक अन्र्तगत मेडिसिटी फार्मेसी, वित्र्तामोडमा १० प्रतिशत, रामजानकी अस्पताल प्रालि, जनपुरमा १५ प्रतिशत तथा नमो मनकामना डेन्टल एण्ड क्लिनिक प्रालि, इमाडोलमा २५ प्रतिशतको छुटको ब्यवस्था रहेको छ ।

साथै, बुटिक अन्र्तगत बैंकका कार्ड तथा मोबाईल बैंकिङ्ग प्रयोगकर्ता महानुभावहरुले विराटनगरको पिपलचोकमा रहेको तानास्का फैशन स्टुडियोमा १५ प्रतिशत छुट पाउनेछ । जिम÷फिटनेस सेन्टर अन्र्तगत सेफ फिटनेस जिवाई, ढल्कोमा विभिन्न योजनाहरुमा ४५ प्रतिशत सम्मको छुट रहेको छ ।

उक्त छुटको उपयोग गर्नको लागि ग्राहक महानुभावहरुले बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ । हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडका कार्ड तथा मोबाईल बैंकिङ्ग प्रयोगकर्ता महानुभावहरुले देशका विभिन्न होटल, रेस्टुरेन्ट, बुटिक, जिम÷फिटनेस सेन्टर, अस्पताल, फार्मेसी तथा डेन्टल क्लिनिकमा विशेष छुटको उपभोग गर्नसकिनेछ ।