काठमाडौँ – आसन्न स्थानीय तह निर्वाचनका लागि काठमाडौँ महानगरपालिकाको मेयरका एमाले उम्मेदवार केशव स्थापितले माफी मागेका छन् ।


ADVERTISEMENT


मंगलबार काठमाडौँमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै स्थापितले चुनावी युद्धमा आरोप प्रत्यारोप हुनु स्वभाविक भएकाले यस बीचमा आफ्ना बोलीवचनले कसैलाई दुःख लागेको भए माफ गरिदिन आग्रह गरेका हुन् ।


ADVERTISEMENT

# # #


आफूमाथि हमला हुँदा त्यसको प्रतिकार गरेको बताउँदै उनले भने, ‘मैँले नाचेँ होला, गाएँ हुँला, तुच्छ भाषा बोलेँ हुँला । आज हामी जितको सुनिश्चित भएको यो सभामा मेरो वाणीले केही दुःख भएछ, अठ्यारो परेछ भने माफ पाउँ । क्षमा पाउँ । मैँले हाउभाउले पीडा भएछ, मेरो लेखनले केही दुःख भएछ भने माफ पाउँ ।’

उनले थपे, ‘मैँले हिजो एउटा सभामा ममाथि आक्रमण हुँदा छेकेको मात्रै हुँ । यो छेक्दाखेरि पनि दुःख हुन्छ । त्यसो गर्दाखेरि केही महिलावृन्दहरुलाई यो मान्छे कठोर छ कि भन्ने भयो भने म फूलजस्तो मान्छे हो, सेवा गर्न पाउँँ । माफ पाउँ केही गल्ती भएको भए ।’

मीटूको आरोप लागेका स्थापितले केही दिनपहिले काठमाडौँमा भएको एक कार्यक्रममा प्रश्न सोध्ने युवतीलाई ‘यू आर नाइस लेडी तर थुतुनो ठिक छैन’ भनेका थिए । त्यसपछि स्थापितको चर्को आलोचना भएको थियो ।

उनले काठमाडौँ महानगर दुई वषर््भित्र साइकलमैत्री हुने दाबी गरे । त्यसका लागि राष्ट्रिय आविष्कार केन्द्रका महावीर पुनसँग छलफल भइरहेको उनले बताए ।

उनले १ वर्षभित्र काठमाडौँको फोहरमैलाको समस्या सदाका लागि अन्त्य गर्ने दाबी गर्दै उनले फोहोरमा अब काँग्रेसले राजनीति गर्न नपाउने टिप्पणी गरे । उनले भने, ‘केही दिनभित्र तपाईंहरुले महसुस गर्नुहुनेछ, बिहान, दिउँसो, बेलुकी कलेक्सन हुनेछ । एक वर्षपछि स्थायी समाधान हुन्छ । फेरि फोहोरमैलामा काँग्रेसले राजनीति गर्न पाउने छैन । सिद्धियो यो चाहीँ ।’

उनले काठमाडौँ उपत्यका विकास प्राधिकरण काठमाडौँ उपत्यकाभित्रका मेयरहरुको अधीनमा ल्याएर धुलोधुवाँको समस्या अन्त्य गरिने दाबी गरे । यस्तै उनले दलित भनिएकाहरु र अपाङ्गहरुका लागि निःशुल्क र विश्वस्तरीय शिक्षा उपलब्ध गराउने बताए ।

यस्तै उनले काठमाडौँ महानगरभित्र पार्क विस्तार गरिने बताए । उनले भने, ‘ठूला खालका पार्क हुनेछन्, जहाँ जीवनका कथा हाल्न पाइनेछ, जहाँ लोखर्के हेर्न पाइनेछ, पुतलीसँग खेल्न पाइनेछ । जहाँ प्रेमका कुरा हाल्न पाइनेछ । त्यहाँ कविता लेख्न पाइनेछ र सुनाउन पाइनेछ ।’