काठमाडौं । काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाजको एउटा इन्जिन फेल भएपछि आकस्मिक अवतरण गरिएको छ ।


ADVERTISEMENT


बुधबार काठमाडौंबाट उडेको केही बेरमै बायाँ इन्जिनमा समस्या आएपछि ‘सर्ट डाउन’ गरेर आकस्मिक अवतरण गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए ।


ADVERTISEMENT

# # #


“काठमाडौंबाट उडेर १३ माइलमा पुगेपछि बायाँ इन्जिनमा समस्या आयो । त्यसपछि त्यो इन्जिन सर्ट डाउन गरेर काठमाडौंमा अवतरण गर्‍यो,” उनले बाह्रखरीसित भने ।

जहाजमा ‘फुल प्यासेन्स’ थिए । उक्त जहाज मध्याह्न १२ बजेर ८ मिनेटमा सकुशल अवतरण भएको सिटौलाले बताए ।