काठमाडौं– निर्वाचन आयोगले मतदातालाई मतदान गर्न जाँदा मोबाइल प्रयोग नगर्न अनुरोध गरेको छ । आयोगले आज हुने स्थानीय तहको निर्वाचनमा मतदान गर्न जाँदा मतदातालाई मोबाइल नबोक्न अनुरोध गरेको हो ।


ADVERTISEMENT


मोबाइल, क्यामरा वा फोटो खिच्ने जस्ता अन्य कुनै पनि साधन मतदानस्थलमा लान नपाइने आयोगले जनाएको हो । आयोगका अनुसार मतदानस्थल तथा मतदान केन्द्रमा प्रवेश गर्न पाएका मतदातले यस किसिमका कुनै पनि सामग्री लान पाउने छैनन् ।


ADVERTISEMENT

# # #


सँगै आयोगले मतदान गर्न जादा लाइटर, सलाई, एसिड जस्ता कुनै पनि प्रकारको हातहतियार लान नपाइने उल्लेख गरेको छ । मतदानका दिन कुनै पनि राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिह्न वा संकेतजन्य वस्तु मतदानस्थलमा लान पाउने छैनन् ।