घोराही – घोराही उपहानगरपालिका १७ की अमृता पुन शुक्रबार बिहान मतदानका लागि जान भ्याइनन् । घरको काम सकेर दिउँसो मात्रै मतदानका लागि निर्वाचन केन्द्र जाने निधो गरेकी उनी अपराह्न ४ बजेतिर मतदान केन्द्र पुगिन् ।


ADVERTISEMENT


त्यही बेला पानी पर्यो, रुझ्दै मतदान केन्द्र प्रवेश त गरिन् तर उनले मत भने हाल्न पाइनन् । उनलाई निर्वाचनका लागि खटिएका कर्मचारीले मत हालिसकेको भन्दै फिर्ता गरिदिए।


ADVERTISEMENT

# # #


तर अमृताले भने मत हालिसकेकी थिइनन् । उनले कर्मचारीसमक्ष अनुरोध पनि गरिन् । तर उनको नाममा मत हालिसकेको भन्दै कर्मचारीले मान्दै मानेनन् । नभन्दै उनको नाममा अरू कसैले मत हालिसकेको रहेछ। उनले भनिन्, ‘पानीमा रुझ्दै भोट हाल्ने भनेर आएँ, तर मैले भोट हाल्नै पाइनँ, उनले भनिन्, मेरो नाममा अरू कसैले पहिले नै भोट हालिसकेछ।’

५ वर्षपछि मताधिकार प्रयोग गर्ने अवसर थियो उनलाई। आफ्नो मतले आउँदो ५ वर्षका लागि जनप्रतिनिधि चुन्ने योजना तुहिएपछि अमृतामा आक्रोश देखिन्थ्यो, अनि असन्तुष्टि पनि उत्तिकै । मेरो नामबाट अर्कैले भोट हाल्न मिल्छ भने यो कस्तो चुनाव हो ?  नागरिक दैनिकबाट ।