काठमाडौं – ललितपुरको महांकाल गाउँपालिकाको मतगणना स्थगित भएको छ ।


ADVERTISEMENT


वडा नम्बर ६ को मतगणना हुँदै गर्दा १५ वटा मतमा निर्वाचन अधिकृतको हस्ताक्षर नभएको भेटिएपछि गणना रोकिएको छ ।


ADVERTISEMENT

# # #


चार सय मत गणना सकिएपछि अर्को बण्डल खोल्ने क्रममा १५ मतपत्रका निर्वाचन अधिकृतको हस्ताक्षर नभएको मत भेटिएको थियो । महाकांल माध्यमिक विद्यालय केन्द्रमा खसेको मतमा निर्वाचन अधिकृतको हस्ताक्षर नभएको भेटिएको हो ।

हस्ताक्षर नभएको मतपत्र भेटिएपछि दलका कार्यकर्ता नाराबाजीमा उत्रेका छन् । हस्ताक्षर नगरेका मतपत्र भेटिएपनि कुल खसेको मतपत्रमा भने फरक देखिएको छैन ।