रुकुम – रुकुम पश्चिमको बाफिकोट गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका जनककुमार बाँठा मगर ९जेके० निर्वाचित भएका छन्।


ADVERTISEMENT


बाँठाले ४४५५ मत प्राप्त गर्दा नेकपा माओवादी केन्द्रका उम्मेदवार चन्द्रबहादुर केसीले ४४२४ मत प्राप्त गरेका थिए।


ADVERTISEMENT

# # #


त्यस्तै गाउँपालिका उपाध्यक्षमा माओवादीका उम्मेदवार तारा बुढा केसी ४५६० मत प्राप्त गरेर बिजयी भएकी छिन्। कांग्रेसकी उम्मेदवार भद्राकुमारी शाहीले ४१६० मत प्राप्त गरेकी थिइन्।

बाफिकोट माओवादीको पकड भएको क्षेत्र मानिन्थ्यो। १० वटा वडा रहेको बाफिकोटमा २०७४ मा कांग्रेसले एउटा वडा पनि जित्न सकेको थिएन। गाउँपालिका अध्यक्ष, उपाध्यक्षसहित सबै वडा नेकपा माओवादी केन्द्रले जितेको थियो।