काठमाडौँ– काठमाडौं महानगरपालिका स्वतन्त्र मेयर उम्मेदवार बालेन्द्र(बालेन) शाह अन्य उम्मेदवारलाई उछिन्दै अग्र स्थानमै अडिग रहेका छन् । शाहले नेकपा एमालेका उम्मेदवार मेशव स्थापित र कांग्रेसका उम्मेदावर सिर्जना सिंहलाई उछिन्दै आफ्नो अग्रता कायम राखेका हुन् ।


ADVERTISEMENT


निर्वाचन आयोगका हालसम्मको मतगणना अनुसार, शाहले १० हजार ७९७ मत प्राप्त गरेका छन् । जबकी उनका प्रतीस्पर्धी स्थापित र सिंहले क्रमशः ५ हजार ७८७ र ५ हजार ७४ मत प्राप्त गरेका छन् ।


ADVERTISEMENT

# # #