जनकपुर – छोरीको इन्गेजमेन्टमा हुने खर्चलाई परोपकारी सेवामा लगाउँदै जनकपुरधाम उपमहानगरपालिका–७ निवासी दीपेन्द्र मिश्र र निर्मल मिश्रले मानवसेवाको उदाहरण प्रस्तुत गरेका छन्।

मिश्र परिवारले छोरी दीक्षा मिश्र र ज्वाइँ आशिक झाको इन्गेजमेन्ट मानवसेवा आश्रममा जनकपुरमा आयोजना गरी आश्रमका देशभरका ३५ शाखाको संरक्षणमा रहेका करिब २ हजार ४ सय जना आश्रितहरूको भोजन सेवा सहजीकरण गर्दै आश्रमलाई ४ लाख २४ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको हाे ।


ADVERTISEMENT

# #


पार्टी प्यालेसमा तामझामका साथ गरिने उत्सवमा खर्च हुने रकमलाई मानवीय सेवामा समर्पित गर्दै मिश्र परिवारले इन्गेजमेन्टलाई सेवामूलक कार्यसँग जोड्दै उत्सव मनाएका हुन् । उक्त सहयोगले आश्रममा आश्रित मानवहरूको सेवा सञ्चालनमा टेवा पुग्ने आश्रमकी धनुषा जिल्ला संयाेजक काव्या पाेखरेलले बताए । मानवसेवा आश्रमले देश तथा विदेशमा रहेका परोपकारी दाताहरूकाे साथ तथा सरकारको आंशिक सहयोगबाट देशका सात प्रदेशमा ३५ शाखा विस्तार गरी सेवा प्रदान गर्दै आइरहेकाे छ।

मानवसेवा आश्रम खुला आकाशमुनि सडकपेटी एवं सार्वजनिक स्थलहरूमा कष्टपूर्ण जीवनयापन गर्न विवश बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन बालबालिका, शारीरिक तथा मानसिकरुपमा कमजोर मानवहरूको उद्धार, उपचार, पालनपोषण, संरक्षण एवं पारिवारिक पुनर्मिलन सेवामा समर्पित एक गैरनाफामूलक सामाजिवक संस्था हाे । मानवसेवा आश्रमले वि.सं. २०६९ साल भाद्र १३ गते मकवानपुर, हेटौँडाबाट औपचारिक रूपमा सेवा शुभारम्भ गरेकाे हो ।


ADVERTISEMENT

#
#