चितवन– चितवनको भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहाल र नेकपा एमालेका उम्मेदवार विजय सुवेदीबीचको मतान्तर दूरी बढ्दै गएको छ ।


ADVERTISEMENT


हालसम्मको मतगणना अनुसार, दाहालले ९ हजार ९७० प्राप्त गरेकी छन् भने, एमालेका उम्मेदवार सुवेदीले  ८ हजार २५८ मत प्राप्त गरेका छन् । यस हिसाबले रेणु विजयभन्दा एक हजार ७१२ बढी मतसहित अघि छन् । त्यस्तै स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कांग्रेसका नेता जगन्नाथ अधिकारीले चार हजार ५०५ मत पाएका छन् ।


ADVERTISEMENT

# # #


चितवनमा दाहाललाई नेपाली कांग्रेससहित सत्तारुढ दलको पनि समर्थन छ । त्यस्तै नेकपा एमालेका उम्मेदवार सुवेदीलाई राप्रपाको समर्थन छ ।

उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले राप्रपाकी हिमला गुरुङले भन्दा पाँच हजार १०२ मत बढी ल्याएका छन् । अधिकारीले ११ हजार ७७० मत ल्याएका छन् भने गुरुङले ६ हजार ६६८ मत पाएकी छन् ।