विराटनगर –जिल्लाको विराटनगर महानगरपालिकामा कांग्रेसको अग्रता कायमै रहेको देखिएको छ । महानगरमा जारी मतगणनामा मुख्य निर्वाचन अधिकृतको कार्यालयले औपचारिक रुपमा घोषणा गरेको मत परिणामअनुसार, कांग्रेसका उम्मेदवार नागेश कोइरालाले १४ हजार ६१ सहित अग्रता कायम राखेका हुन् ।


ADVERTISEMENT


यस्तै, उनलाई पछ्याइरहेका नेकपा एमालेका उम्मेदवार सागरकुमार थापाले १० हजार ६९२ मत प्राप्त गरेका छन्, भने ४ हजार ५०१ मत सहित स्वतन्त्र उम्मेदवार उमेश यादव तेस्रो स्थानमा छन् ।


ADVERTISEMENT

# # #


त्यसैगरि, उपमेयरतर्फ भने नेकपा एमालेकी उम्मेदवार शिल्पा कार्कीले १२ हजार २३२ मतसहित अग्रता कायम गरेकी छन् । उनलाई पछ्याउँर्दै जनता समाजवादी पार्टीका उम्मेदवार अमरेन्द्र यादवले भने ७ हजार ४४० मत प्राप्त गरेका छन् ।