विराटनगर– नेकपा (एमाले) मोरङले जिल्ला कार्यसमितिको विस्तार भएको छ ।


ADVERTISEMENT


पार्टीका जिल्ला अध्यक्ष विनोद ढकालले आज विराटनगरस्थित पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलन कार्यसमितिमा ३० जनालाई थप गरिएको जानकारी गराए । साथै जिल्लाका नौ वटै संसदीय क्षेत्रमा इन्चार्ज र सहइन्चार्ज तोकिएको छ ।
सोअनुरुप क्षेत्र नं १ मा रुपनारायण मिश्र र दुर्गा विष्ट, क्षेत्र नं २ मा चण्डी राई र भोला अधिकारी, क्षेत्र नं ३ मा भेषनाथ रिजाल र रवीन थापा, क्षेत्र नं ४ मा सन्तोष साह र वसन्तदेव मण्डल, क्षेत्र नं ५ मा धर्मानन्द सञ्जेल र दीपक कर्णलाई जिम्मेवारी तोकिएको छ ।


ADVERTISEMENT

# # #


यसैगरी क्षेत्र नं ६ मा महेश भट्टराई र धर्मलाल सिंह, क्षेत्र नं ७ मा पर्शुराम बस्नेत र कासिम मियाँ, क्षेत्र नं ८ मा अजम्बर राई र राजकुमार ओझा तथा क्षेत्र नं ९ मा भूपाल जिमी र पुष्प ढकाललाई जिम्मेवारी तोकिएको जिल्ला अध्यक्ष ढकालले जानकारी दिए। त्यस्तै पार्टीका विभिन्न फाँट, जनसङ्गठन र स्थानीय तहका सङ्गठन समितिका संयोजक पनि तोकिएका छन् ।