राजविराज– सप्तरीको छुट्टाछुट्टै घटनामा परी मङ्गलबार दुईजनाको मृत्यु भएको छ । जिल्लाको बोदेबरसाइन–१ मा मोरटसाइकल बयलगाडामा ठोक्ँिकदा मोटरसाइकलको पछाडि सवार सप्तरीको धनगढी–५ निवासी ४५ वर्षीय सुभाष मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने मोटरसाइकलको नम्बर अहिलेसम्म खुलेको छैन ।


ADVERTISEMENT


मोटरसाइकल चालक भने फरार रहेका र उनको खोजी भइरहेको इलाका प्रहरी कार्यालय बोदेवसाइनले जनाएको छ ।


ADVERTISEMENT

# # #


यस्तै, सप्तरीको कुसाहा–९ मा एकजना मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत मधुवनी सकरी थाना घर भई हाल सप्तरी कुसाहा–९ स्थित हलेसी इँट्टा उद्योगमा कार्यरत ५० वर्षीया नन्दी पासवान रहेको बताइएको छ । पासवानलाई अचानक बान्ता र पखाला चलेपछि उपचारका लागि लहानस्थित नर्सिङ होममा भर्ना गरिएपनि उपचारका क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय कडोरवनाले जनाएको छ ।

यसैबीच, सोमबार बेलुका परेको असिनाका कारण सप्तरीको पूर्वी भेगका आँप, गहुँ र तरकारी बालीमा ठूलो क्षति पुगेको भन्दै रुपनगर आँप उत्पादक कृषक समूहले क्षतिपूर्तिको माग गरेका छन् । समूहका अध्यक्ष तीर्थराज पोखरेलले कृषकका तर्फबाट प्रेस विज्ञप्ति जारी गर्दै क्षतिपूर्तिको माग गरेका हुन्।

परेको असिनाबाट जिल्लाको पूर्वी तथा उत्तरी भेगको सीतापुर, महुली, जण्डौल, ठेलिया, रुपनगर, धरमपुर, कञ्चनरुप नगरपालिको विभिन्न भागमा लगाइएको आँप, गहुँ र तरकारी बालीमा ठूलो क्षति पुगेको थियो । गरिब किसानको हानि–नोक्सानीको मूल्याङ्कन गरी क्षतिपूर्तिको व्यवस्था मिलाई दिनसमेत माग गरिएको छ ।