काठमाडौं – काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार वालेन्द्र साह (बालेन) ले ५० हजार मत कटाएका छन् । पछिल्लो मतपरिणामअनुसार बालेनले ५० हजार ३० मत ल्याएका छन् ।
दोस्रो स्थानमा रहेकी नेपाली कांग्रेसकी सिर्जना सिंहले ३० हजार ७ सय ६७ मत ल्याएकी छिन् । त्यस्तै नेकपा एमालेका केशव स्थापित ३० हजार १५ मतसहित तेस्रो स्थानमा रहेका छन् ।