काठमाडौं – विरगंज महानपालिकाको मत गणना मंगलवार बिहान सकिएको छ। प्रमुख पदमा तीन जना उम्मेदवारमध्ये जनता समाजवादीका नेता तथा गठबन्धनतर्फका उम्मेदवार राजेशमान सिंहले वीरगंज महानगरपालिकामा जित हासिल गरे।


ADVERTISEMENT


२२ हजार ५ सय ४४ मतन्तरले उनी विजयी भएका हुन्। उनले ४६ हजार २ सय १५ मत ल्याउँदै नेकपा एमालेका उम्मेदवार विजयकुमार सरावगीलाई ठूलो सरावगीले २३ हजार ६ सय ७१ मत हासिल गरे। वीरगंजमा पत्रकारिताबाट राजनीतिमा होमिएका राष्ट्रिय प्रजातन्त्र पार्टीका गिरिश गिरी तेस्रो स्थानमा रहे। उनले ३ हजार ३ सय १३ मत ल्याएका छन्।


ADVERTISEMENT

# # #


यही अर्को रोचक तथ्य पनि खुल्यो। खसेको मतमध्ये आफैंँले हालेको मत समेत केही उम्मेदवारको खातामा जोडिएन। केही उम्मेदवारको मत शून्य नै देखियो।

वैशाख ३० गते भएको निर्वाचनमा वीरगंज महानगरपालिकामा ९३ हजार ७ सय २८ मत खसेको थियो। जसमा २० हजार १ सय ९० मत त बदर नै भयो। सायद, ती शून्य मत ल्याउने उम्मेदवारले कि त आफैंलाई भोट गरेनन् वा बदर हुनेगरी मत हाले।

ठेकी चुनाव चिन्हबाट उठेका सुनिल कुमार कलवारले एक मत पनि ल्याउन सकेनन्। सत्रुधन प्रसाद कुर्मीको खातामा पनि शून्य भोट देखियो। प्रेसर कुकर चिन्ह लिएर उठेका विक्कराज पटेलले पनि खाता खोल्न सकेनन्। हाँस चिन्नका फरोज आलाम पनि एक मत ल्याउन नसक्ने उम्मेदवार भए। खरायो र व्याडमिन्टनको कर्कका दुई उम्मेदवारले पनि खाता खोलेनन्।

त्यस्तै उम्मेदवारी दिएका मध्ये विरगंज महानगरपालिकामा तीन जनाले १ भोट मात्र पाएका छन्। त्यो भोट उनीहरु आफैंँले दिएको अनुमान गर्न कठिन छैन। २, ३, ५ र १० बोट ल्याउने उम्मेदवार समेत रहे वीरगंजमा।