उदयपुर– जिल्लामा मतदान विवादले रोकिएको त्रियुगा नगरपालिकाको मतगणना शुरु भएको छ ।पुनः मतदान गराउने कि मतगणना गर्ने विवादमा निर्वाचनआयोगको बैठकले मतगणना गर्नु भनेर निर्णय गरेको हो ।


ADVERTISEMENT


केन्द्रबाट आयोगको निर्णय मुख्य निर्वाचन अधिकृतको कार्यालय उदयपुरमा प्राप्त भएकाले मतगणना कार्य सुरु गरिएको मुख्य निर्वाचन अधिकृत उत्तम सिलवाले जानकारी दिए ।


ADVERTISEMENT

# # #


त्रियुगा नगरपालिका वडा नम्बर १२ मा मतदान विवाद हँदात्रियुगा नगरपालिकाको मतगणना हुन सकेको थिएन । मतदान विवादले मतगणना प्रभावित बनेपछि निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीलाई उदयपुरको विवादको अध्ययन गर्न खटाइएको थियो । आयुक्त भण्डारीले उदयपुर पुगेर राजनैतिक दल, मतदानमा खटिएका कर्मचारीका साथै स्थानीयसँग राय लिएपछि आयोगले मतगणना सुरु गर्ने निर्णय भएको थियो ।

वैशाख ३० गते अपरान्ह करिव साढे ४ बजेसम्म भएको मतदानमा करिव ५४ प्रतिशत मत खसेकोमा पानी परेपछि स्थगीत भएको मतदान पुन सुरु हुन नसक्दा विवाद भएको थियो । रासस