काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समाज रुपान्तरण क्रान्तिकारी ढंगले नभई विचलनतिर गइरहेको बताएका छन्। सहिद कृष्ण सेनको २० औं स्मृति दिवसमा सम्बोधन गर्दै उनले काम कारबाहीहरु भनाईसँग तालमेल नभएको बताए।


ADVERTISEMENT


‘हामीले चाहना त निकै राम्रो समाज निर्माण गर्ने भनेका छौं। हामीले कुरा पनि गरेका छौं तर हाम्रो दिनदिनैको काम कारबाहीहरु चाँहि हामी भनाईसँग तालमेल भइरहेको छैन। कहिँ न कहि हाम्रो सिस्टमभित्र अहिले पनि थुप्रै खोटहरु छन् ।’ प्रचण्डले भने, ‘जसले गर्दा समाज रुपान्तरणको क्रान्तिकारी ढंगले अगाडि जानेतिर होइन अझपनि दिगभ्रमतिर अझ पनि विचलनतिर गइरहेको छ। र त्यो खतरा दिनप्रतिदिन बढ्दो छ। ’


ADVERTISEMENT

# # #


उनले विचार र निष्ठाको आधारमा होइन क्षणिकर व्यक्तिगत स्वार्थका निम्ति अस्वस्थ प्रतिस्पर्धामा हाम्रो समाज गइरहेको भान भएको बताए। सामाजिक रुपान्तरण र श्रमजीवी जनताको हितमा समर्पण नभए सहीदप्रति अपमान हुने उनको भनाई छ। कृष्ण सेन त्याग र तपस्याको प्रतिक भएको बताउँदै प्रचण्डले त्यागको संस्कृति सबैले अपनाउनुपर्ने धारणा राखे। उनले भने, ‘उहाँ हिंसाको विरुद्धमा हुनुहुन्थ्यो। उहाँ बलिदानको पनि प्रतिक हो।’