काठमाडौँ – सरकारले राष्ट्रपति चुरे संरक्षण कार्यक्रमका लागि २ अर्ब १७ करोड बजेट विनियोजन गरेको छ ।


ADVERTISEMENT


आइतबार सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०७९/८०को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले उक्त जानकारी दिएका हुन् ।


ADVERTISEMENT

# # #


उनले नदी प्रणालीमा आधारिक रहेर भूक्षय नियन्त्रणसहित क्षतिग्रस्त भूमिको पुनःस्थापना, वायू इन्जिनियरिङसहतको तटबन्धन निर्माण, वर्षातको पानी उपयोग, जल पनर्भरण, सीमसार व्यवस्थापन तथा बाँस रोपणजस्ता क्रियाकलाप गरी चुरे क्षेत्र संरक्षण गरिने बताए ।

अर्धमन्त्री शर्माले भने, ‘राष्ट्रपति चुरे संरक्षण कार्यक्रमका लागि २ अर्ब १७ करोड बजेट विनियोजन गरेको छु ।’ यस्तै वृक्षारोपण, तटबन्धन तथा अन्य तरिकाबाट कृषियोग्य जमिनको संरक्षण गरिने उनले बताए ।