काठमाडौँ – सरकारले वृद्धभत्ता पाउने उमेर घटाएको छ । अब ६८ वर्ष पुगेका जेष्ठ नागरिकले सामाजिक भत्ता पाउने भएका हुन् ।
अर्थमन्त्री जनार्दन शर्माले सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट पेश गर्दै उक्त जानकार दिएका हुन् । हाल ७० वर्ष पुगेका जेष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता प्रदान गरिँदै आएको छ । यस्तै सामाजिक सुरक्षा भत्ता नलिने घोषणा गर्ने लाभग्राहीलाई सरकारले सम्मान गर्ने समेत अर्थमन्त्री शर्माले बताए ।
उनले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा जोड दिँदै वैदेशिक रोजगारी तथा स्वरोजगारमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा कोषमार्फत योगदानमा आधारिक सामाजिक सुरक्षा कोषमा आवद्ध गर्ने व्यवस्था मिलाइने बताए ।