काठमाडौँ – पूर्व प्रधानमन्त्री एवं जसपाका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले वृद्धभत्ता नलिने घोषणा गरेका छन् ।
आइतबार संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै भट्टराईले वृद्धभत्ता लिने उमेर ६८ वर्ष कायम गरेकोमा असन्तुष्टि जनाउँदै वृद्धभत्ता लिएर जनतामा ऋण थप्न आफू सहमत हुन नसक्ने बताए । सरकारले वृद्धभत्ता नलिनेलाई सम्मान गर्ने बजेटमा घोषणा गरेको थियो ।
त्यस्तै उनले सरकारले प्रस्तुत गरेको बजेट मध्यमस्तरको भएको भन्दै बजेटलाई ५ नम्बर दिने बताए । त्यस्तै उनले बजे आर्थिक विकासको प्रस्थान विन्दु बन्न सक्ने जस्तो नलागेको जिकिर गरे । वैज्ञानिक भूमिसुधार कार्यक्रम नआएकाले परिणात्मक फड्को मार्न नसकिने उनको भनाई छ ।