काठमाडौं – पूर्व उपप्रधानमन्त्री एवम् नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले भारतका रक्षामन्त्री राजनाथ सिंहसँग महत्वपूर्ण भेटवार्ता गरेकी छिन् । दिल्लीमा भएको भेटमा दुई देशको सम्बन्धका बारे कुराकानी भएको बुझिएको छ ।


ADVERTISEMENT


भेटमा कोइरालाले दुई देशबीचको सम्बन्धमा केन्द्रित रही कुराकानी भएको बताएकी छन् । उनले दुई देशबीचको ऐतिहासिक र सांस्कृतिक सम्बन्ध अझ प्रगाढ बन्दै जाने विश्वास व्यक्त गरिन् ।


ADVERTISEMENT

# # #


साथै भारतमा रहेकी कोइरालाले सत्तारुढ भारतीय जनता पार्टीका नेताहरुसँग महत्वपूर्ण कुराकानी गरेकी छिन् । उनले त्यहाँका उद्दोगीव्यवसायीसँगसमेत कुराकानी गरेकी छिन् ।