काठमाडौँ– काठमाडौँ महानगरपालिकाले आफ्ना होटल, रेष्टुरेन्ट, भवन अथवा बैंकका शौचालयहरु सार्वजनिक रुपमा प्रयोग गर्न दिने इच्छुकहरुलाई सातदिन भित्र सम्पर्कमा आउन आह्वान गरेको छ ।


ADVERTISEMENT


आइतबार एक सुचना जारी गर्दै महानगरले सो जानकारी दिएको हो । ‘शौचालयमा सर्वसाधारणको सहज पहुँच अभिवृद्धिका लागि महानगरभित्रका इच्छुक होटल, रेष्टुरेन्ट, बैंक, व्यापारिक भवन, मल, सपिङ कम्प्लेक्स, कम्पनी, फर्म, व्यवसायी, गैरसरकारी संघसंस्था लगायतलाई सार्वजनिक रूपमा आह्वान गर्ने निर्णय भएकोले यो सुचना प्रकाशित गरिएको छ’, सुचानामा उल्लेख छ ।


ADVERTISEMENT

# # #


यस्तै, इच्छुक सम्बद्ध सरोकारवाला व्यक्ति तथा निकायले सात दिनभित्र सार्वजनिक निजी साझेदारी इकाइ, बबरमहल जिसस भवन वा प्रशासन विभाग, काठमाडौं महानगरमा सम्पर्क गर्न समेत महानगरले अनुरोध गरेको छ ।

महानगरमा सार्वजनिक शौचालयको अभावलाई महशुस गर्दै गत जेठ १६ को नगरकार्यपालिका बैठकले महानगर क्षेत्रभित्र रहेका होटल लगायतको शौचालय प्रयोग गर्न सकिने निस्कर्ष निकालेको थियो । त्यसैअनुरुप उक्त निर्णयलाई कार्यान्वयन गर्न खोजिएको हो ।

महानगरद्वारा जारी सुचना