काठमाडौं – ट्याक्सी सेवा प्रदायक कम्पनी ट्याक्सीमान्डुले निशुल्क शौचालय सुरु गरेको छ । राजधानीको गोपीकृष्णमा रहेको कर्पोरेट अफिसको दुईवटा शौचालयलाई सार्वजनिक प्रायोजनका लागि छुट्टयाइएको ट्याक्सीमान्डुका सञ्चालक अर्जुन केसीले जानकारी दिए ।


ADVERTISEMENT


काठमाडौं महानगरले होटेल तथा रेस्टुरेन्टका शौचालयलाई सार्वजनिक प्रयोगमा ल्याउने प्रयास गरिरहेको अवस्थामा हामीले पनि सानो सहयोग गर्ने प्रयास गरेका हौँ । चाबहिल, गोपिकृष्ण क्षेत्रमा सार्वजनिक शौचालयको आवश्यकता पनि धेरै छ, उनले भने ।


ADVERTISEMENT

# # #


यी शौचालय सरसफाइका लागि छुट्टै कर्मचारीसमेत राखिने उनले जानकारी दिए । यसअघि होण्डाले पनि सबै शोरुमहरूमा निशुल्क सार्वजनिक शौचालाय बनाउने घोषणा गरिसकेको छ ।