रुपन्देही– जिल्लाको रोहिणी पुलमा भएको यात्रुबाहक बस दुर्घटनामा ९ जनाको मृत्यु भएको छ । जनकपुरबाट भैरहवातर्फ आउँदै गरेको लु २ ख ३८४१ नबरंको बस बिहान करिब पौने ५ बजे रोहिणी पुलबाट खोलामा खसेको हो ।


ADVERTISEMENT


दुर्घटनामा अन्य २४ जना घाइते भएका छन् । दुर्घटनामा रुपन्देहीको बुटवल योगिकुटीका ५६ वर्षीया बिष्णु पौडेल, बुटवल १३, कालिकानगरका कृष्णप्रसाद बस्याल, तिलोत्तमा वडा नम्बर ८ चार नम्बरकी ३७ बर्षिय तुलसी बस्याल, रौतहट जिल्लाका २० वर्षीया दिनेश दास, रुपन्देहीको ओमसतिया गाउँपालिका–४, मटेरियाका राजेन्द्रप्रसाद पाण्डेको मृत्यु भएको छ भने अन्यको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।


ADVERTISEMENT

# # #


बसमा सवार ३३ जनामध्ये २५ जना पुरुष, ६ महिला र दुई बालिका थिए । दुर्घटनामा घाइतेको मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ ।