काठमाडौँ – सत्तारुढ दल नेकपा एकीकृत समाजवादी पार्टीले सरकारमा सहभागी आफ्ना सबै मन्त्रीलाई फिर्ता बोलाउने भएको छ ।


ADVERTISEMENT


पार्टीको आइतबार बसेको सचिवालय बैठकमाले मन्त्री हेरफेरबारे छलफल गरेको थियो । सोही अनुसार सरकारमा रहेका एकीकृत समाजवादीका ४ मन्त्री र १ राज्यमन्त्रीलाई नै फिर्ता बोलाउने निर्णय भएको हो ।


ADVERTISEMENT

# # #


एकीकृत समाजवादी पार्टीबाट स्वास्थ्यमन्त्री विरोध खतिवडा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले, सहरी विकासमन्त्री रामकुमारी झाँक्री र श्रम तथा रोजगारमन्त्री कृष्णकुमार श्रेष्ठ रहेका छन् ।

यस्तै स्वास्थ्य राज्यमन्त्रीमा भवानीप्रसाद खापुङ रहेका छन् ।