काठमाडौं – स्थानीय तह निर्वाचन समीक्षा गर्ने बोलाइएको जनता समाजवादी पार्टी (जसपा) धनुषाको बैठकमा कुटाकुट भएको छ।


ADVERTISEMENT


केन्द्रीय अध्यक्ष उपेन्द्र यादव सहित केन्द्रीय नेताहरूको उपस्थितमा जनकपुरको बाबाको ढावा होटलमा बसेको बैठकमा अन्तर्घातको आरोप(प्रत्यारोपपछि कुटाकुट भएको हो। बैठक मंगलबारदेखि शुरू भएको हो।


ADVERTISEMENT

# # #


बैठकमा बोल्ने क्रममा सबैला नगरपालिकाका अध्यक्ष बैधनाथ रायले चुनावमा केन्द्रीय सदस्य साधु यादव लगायतले अन्तर्घात गरेको आरोप लगाएका थिए। आफ्ना कुरा राखेर बसे लगत्तै यादव समर्थकले रायलाई कुटपिट गरेका थिए ।

उक्त घटनापछि बैठकमा सहभागीले यादव पक्षधरलाई समेत कुटपिट गरेका थिए। दुई पक्षबीच कुटपिट हुन थालेपछि अवस्था तनावपूर्ण भएको थियो। त्यसपछि बैठकमा सहभागी हुन मापदण्डमा नपर्नेलाई हल बाहिर निकालिएको थियो।

जिल्लाका नगर र गाउँपालिकाका पदाधिकारीहरू र सिकन्दर सिंह यादव, अवधकिशोर रविदास र जितेन्द्र मुखिया लगायतले रायमाथि आक्रमण गरेका थिए। त्यसपछि सहभागीहरूले यादव, रविदास र मुखियालाई कुटपिट गरेर बाहिर निकालेका थिए।