काठमाडौँ – नेपालमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


ADVERTISEMENT


देशभर गरिएको २ हजार १ सय २१ पीसीआर परीक्षणका क्रममा १० जना र ९ सय २८ एन्टीजेन परीक्षणका क्रममा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण बुधबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


कोरोनाका कारण थप ८ जना निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार १ सय ६२ जना निको भएका छन् । हाल नेपालमा १ सय ९ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।