काठमाडौं – सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआइजी) चन्द्रप्रकाश गौतमलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ । एआईजी गौतमलाई सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले दर्ज्यानी चिह्नद्धारा बिभुषित गरेका हुन् ।


ADVERTISEMENT


नेपाल सरकार मन्त्रिपरिषद्को गत जेठ २३ गते बसेको बैठकले गौतमलाई सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) बाट सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजी) बिशिष्ठ श्रेणीको पदमा पदोन्नति गर्ने निर्णय गरेको थियो ।


ADVERTISEMENT

# # #


सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले एआईजी गौतमको कार्यक्षमता, योग्यता, कार्यकुशलता र व्यावसायिकताको मूल्याङ्कन गर्दै नेपाल सरकारले पदोन्नति प्रदान गरेको स्मरण गर्दै कार्यकाल सफलताको शुभकामना दिए ।

नेपाली सेनाबाट सेवा प्रबेश गर्दै सशस्त्र प्रहरी बल तर्फ हरेक जिम्मेवारीमा अब्बल कार्यक्षमता प्रस्तुत गरेका एआईजी गौतम प्रहरीमा ईमान्दार , कर्तब्यनिष्ठ र व्यवशायिक प्रहरी अधिकारीका रुपमा परिचित छन् । उनले काठमाडौं उपत्यकाको कमाण्ड देखि प्रदेश नम्बर २ को प्रमुखका रुपमा रहँदा उल्लेख्य सुधार र ऐतिहाँसिक नयाँ कामको थालनी समेत गरेका थिए ।

अझ २ नम्बर प्रदेशमा रहँदा दुई देशबीचका सुरक्षा निकायहरुबीच हार्दिकतापूर्ण सम्बन्ध बढाउँदै एआईजी गौतमले सिमा सुरक्षामा प्रभाबकारी परिणाम दिएका थिए । यस्तै, विवादित घुमुवा टोलीलाई समेत उनले आफ्नो कमाण्डमा हटाउँदै सशस्त्र प्रहरीलाई देश र जनताको सेवाका लागि प्रतिबद्ध गराएका थिए ।

संगठनको गरिमाका लागि अडिक, उच्च व्यवशायिकता, कर्तब्यनिष्ठापूर्ण ईमान्दार आचरणकै कारण एआईजी गौतमको चर्चा हुने गरेको छ ।

बर्तमान आईजी अर्यालका सहकर्मी एआईजी गौतमलाई यसअघि भाबी आईजीका रुपमा समेत हेरिने गरिएको थियो ।