काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण समारोह कार्तिक १२ गते हुने भएको छ।

पार्टीले सार्वजनिक गरेको सूचनाअनुसार शपथ ग्रहण समारोह कार्तिक १२ गते दिउँसो २ बजे ललितपुरस्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगरमा आयोजना हुनेछ।


ADVERTISEMENT

# #


नवनिर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई समारोहमा उपस्थित हुन पार्टीले सूचना जारी गर्दै सादर निमन्त्रणा गरेको छ। पार्टीका सदस्य सचिव राजु कटुवालले शपथ ग्रहण कार्यक्रमबारे जानकारी दिएका हुन्।


ADVERTISEMENT

#
#