काठमाडौं – भारतमा कोरोना संक्रमितको संख्यामा दैनिक वृद्धि भइरहेको छ । पछिल्लो दिनमा पुन: भारतमा कोरोना संक्रमितको संख्या उकालो लागिरहेको हो ।


ADVERTISEMENT


२४ घण्टामा कोरोनाका ७ हजार २४० नयाँ संक्रमित भेटिएका छन् । यससँगै भारतमा सक्रिय संक्रमितको संख्या बढेर ३२ हजार ४९८ पुगेको छ ।


ADVERTISEMENT

# # #


केन्द्रीय स्वास्थ्य मन्त्रालयको जानकारी अनुसार भारतमा कोरोना संक्रमणका कारण हालसम्म ५ लाख २४ हजार ७२३ जनाको मृत्यु भइसकेको छ। यस्तै, हालसम्म ४ करोड २६ लाख ४० हजार ३०१ जनाको उपचार पछि निको भएका छन् ।